Latest Updates :

युवाहरुले बाबुराम भट्टराई कुटपिट गरी लखेटिए, कार्यक्रम स्थल नै जलाइयो

SHARE THIS POST :
काठमाडौं : बाबुराम भट्टराईले सम्बोधन गर्ने भनी आयोजना गरिएको जनकपुरस्थित गोपाल धर्मशालाको कार्यक्रममा झडप भएको छ।  बाबुरामलाई सहभागी गराएको विरोधमा स्थानीय मधेaसी युवाहरुले सभाका लागि तयार गरिएको मंच जलाएका छन्।
बाबुरामलाई त्यहाँबाट लखेटिएको छ। कडा सुरक्षा घेरामा बाहिर निकालेर बाबुरामलाई यात्री निवासमा राखिएको छ। रामचन्‍द्र झा, रामकुमार शर्मालगायतका नेताहरुलाई धर्मशालाभित्रै थुनिएका छन् र  स्थिति अहिले पनि तनावपूर्ण छ।

बाबुराम भट्टराईले सम्बोधन गर्ने भनी आयोजना गरिएको जनकपुरस्थित गोपाल धर्मशालाको कार्यक्रम पुरै विथोलिएको छ । बाबुरामलाई सहभागी गराएको विरोधमा स्थानीय मधेसी युवाहरुले सभाका लागि तयार गरिएको मंच सुरुमै भत्‍काइदिएका थिए र पछि त्यहाँ उनीहरुले आगो लगाए।

 प्रभु शाहलगायतलाई पनि मधेसी युवाहरुले पनि कार्यक्रमस्थलबाट लखेटेका छन्।  दिउँसो १ बजेदेखि कार्यक्रम राखिएको थियो । बाबुरामको विरोधमा उत्रेका मधेसी युवाहरुले कार्यक्रम स्थलमा जम्मा भएर विरोध प्रदर्शन गरिरहेका छन् ।
SHARE THIS POST :

+ comments + 1 comments

17 June 2016 at 06:29

पापी स्वार्थि बाहुन लाइ सबै तिर वाट खेदाउदा दया लागो |

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. NN Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger