Latest Updates :

हत्या र बलात्कारका ३२ घटनामा संलग्न 'सिरियल किलर' बुढाथोकी दिल्लीबाट पक्राउ

SHARE THIS POST :
काठमाडौं— नेपालमा भएका हत्या र बलात्कारका ३२ वटा घटनामा संलग्न रहेर भारतमा बस्दै अाएका
मानबहादुर बुढाथोकीलाई भारतीय प्रहरीले पक्राउ गरी नेपाल सुपुर्दगी गरेको छ। दिल्ली प्रहरीले पक्राउ गरेका बुढाथाेकीलाई वनबासा, महेन्द्रनगरमा केन्द्रीय अनुसन्धान ब्युरोलाई हस्तान्तरण गरिएको हो।

पक्राउ बुढाथाेकीलाई भारतीय सुरक्षाकर्मीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीलाई हस्तान्तरण गरेका हुन्। हत्या र बलात्कारका ३२ घटनामा संलग्न देखिएका बुढाथोकी सिआइबीको हिरासतमा रहेको सिआइबी प्रमुख डिआईजी नवराज सिलवालले बताए।

बाराको डुमरुवाना घर भएका उनले पछिल्लो पटक महोत्तरीमा अपराध गरेको प्रहरी रेकर्ड छ।
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. NN Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger