Latest Updates :

OMG मासहिस्टेरिया'ले एक महिनादेखि पढाइ प्रभावित हेर्नुहोस....

SHARE THIS POST :
बैतडी: बैतडीको तल्लो स्वराड क्षेत्रमा पर्ने रोडीदेवल गाविसको आमपुर माध्यमिक विद्यालय, बिजुलका छात्रामा एक महिनादेखि देखिएको मासहिस्टरियाका कारण पढाइ प्रभावित हुँदै आएको छ।


छात्रामा एक महिनायता पटकपटक पेट दुख्ने, टाउको दुख्ने, चिच्याउने बेहोस हुनेजस्ता लक्षण देखापरेपछि पढाइ प्रभावित भएको प्रधानाध्यापक टीकादत्त भट्टले बताए।

विद्यालयमा दिनहुँ बिहान ८:३० देखि ९ बजेसम्म निमावि र मावि तहका छात्रामा यस्तो समस्या आउने गरेको छ, प्रधानाध्यापक भट्टले भने,-'कक्षाकोठामै बेहोस हुने अनि बोकेर कार्यालयको कोठामा लैजाने र केही घन्टापछि आफैँ ठीक हुने गरेका छन्।'

केही महिनादेखि उक्त विद्यालयमा यस्तो समस्या देखापरे पनि यो शैक्षिक सत्रको सुरुवातदेखि निरन्तर देखिन थालेपछि पढाइ प्रभावित हुने गरेको समेत उहाँले बताए।

निमावि र मावि तहका छात्रा विद्यालयमा पठनपाठनका क्रममा एकाएक ढल्न थालेपछि शिक्षक र अभिभावकसमेत हैरान भएको प्रधानाध्यापक भट्टले बताए।

देवताको दोष भन्दै अभिभावकको सुझावमा विद्यालयमा मन्दिर निर्माण गरी पूजापाठ गरेको भए पनि ठीक नभएको विद्यालयले जनाएको छ। रासस



SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. NN Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger