Latest Updates :

काभ्रेको शंखुपाटी चौर गाविस वडा नम्बर चार का ६५ वर्षका दिलबहादुर लामाले योनीमा औषधी राखेर बलात्कार गरे भिडियो सहित

SHARE THIS POST :
बनेपाः झारफुक गर्ने एक वृद्धाले विभिन्न बाहाना बनाएर गाउँका महिलाहरुलाई बलात्कार गर्ने गरेको रहस्य खुलेको छ ।

काभ्रेको शंखुपाटी चौर गाविस वडा नम्बर चार का ६५ वर्षका दिलबहादुर लामाले बच्चा नभएका महिलाहरुलाई औषधी गर्ने भन्दै योनीमा औषधि राखेर बलात्कार गर्ने गरेको रहस्य खुलेको हो ।


स्थानीय ३५ वर्षकी एक महिलाले आफूमाथि बलात्कार भएको भन्दै प्रहरीमा उजुरी दिएपछि लामाले लामो समयदेखि गर्दै आएको कर्तुत सार्वजनिक भएको हो ।

पीडित महिलाले लामा विरुद्ध पनौती चौकीमा दिएको निवेदनका आधारमा प्रहरीले लामालाई आइतबार कोटेश्वरबाट पक्राउ गरेको हो ।

लामो समयअघिदेखि झाँक्रीको काम गर्दै आएका लामाले महिलाका रोग निको बनाउने तथा आफूले झारफुक गरेपछि बच्चा जन्माउने बताउँदै आएका थिए ।

एक महिलाको उजुरीपछि घटना सार्वजनिक भएको भन्दै अन्य पीडित महिलाहरुले खुलेरै लामाको कर्तुत सार्वजनिक गरेका छन् । स्थानीय एक महिलाले भनिन्–‘उनले महिलाका रोग निको पार्छु भन्ने, बच्चा नहुनेलाई बच्चा हुने बनाउँछु भन्थे । योनीमा औषधि राखेर औलाले भित्र पुर्‌याउन नसक्ने भन्दै औषधि भित्र पुर्‌याउन लिंग नै चाहिने भनेर बलात्कार गर्ने गरेका थिए ।'

आफूमाथि भएको अत्याचारको विरोध गर्दा लामाले महिलाहरुलाई धम्की दिने गरेका थिए । आफूमाथि बलात्कार भएको कुरा कसैलाई सुनाए राम्रो नहुने भन्दै लामाले धम्क्याउने गरेको पीडित महिलाहरुले बताएका छन् ।

प्रहरीले पक्राउ गरेका लामालाई बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ ।


SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. NN Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger