Latest Updates :

भर्खरै...भक्तपुरमा तीनजना चढेको मोटरसाइकल दुर्घटना, श्रेष्ठको मृत्यु......मुटु दह्रो हुनेले मात्र .हेर्नुहोस....

SHARE THIS POST :
भक्तपुर, १८ जेठ । काठमाडौँबाट थिमितर्फ आउँदै गरेको तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।


दुर्घटनामा मोटरसाइकल चालक मध्यपुरथिमि नगरपालिका–९ बस्ने २७ वर्षीय सुरेन्द्र श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक प्रवीण श्रेष्ठले जानकारी दिए ।

गएराति १ बजे तीव्रगतिमा आएको तीन जना सवार बा ७४ प ५२४८ नम्बरको मोटरसाइकल लोकन्थली र कौशल्टारको बीचमा ६ लेन सडकको डिभाइडरमा ठक्कर खाएर दुर्घटना भएलगत्तै प्रहरीले घाइतेलाई नागरिक अस्पताल लगेको थियो ।

मोटरसाइकलमा सवार रहेका मध्यपुरथिमि नगरपालिका–८ बस्ने २७ वर्षीय सञ्जय श्रेष्ठ र सोही नगरपालिका–९ बस्ने २७ वर्षीय मुुकेश श्रेष्ठको भने नागरिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

मृतक श्रेष्ठको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ । रासस
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. NN Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger