Latest Updates :

विदेशी विनिमय मुद्दाका प्रतिवादी तेह्र वर्षपछि पक्राउ

SHARE THIS POST :
काठमाडौँ, १४ माघ । विदेशी विनिमय सर्त अनुरुप काम नगरेको मुद्दाका फरार प्रतिवादी मोरङ, विराटनगर घर भई काठमाडौँ विजयचोक बस्ने कपिलप्रसाद पोखरेललाई तेह्र वर्षपछि प्रहरीले आज पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पोखरेललाई आज पिङ्गलास्थान, काठमाडाँैबाट पक्राउ गरी काठमाडौँ, जिल्ला अदालतमा पेस गरेकामा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय, डिल्लीबजार पठाइएको छ ।

अर्थ मन्त्रालयको पत्र जाहेरीले पोखरेल समेत भएको विदेशी विनिमय सर्त अनुरुप प्रयोग नगरेका चार मुद्दा र सरकारी छाप दस्तखत किर्तेसम्बन्धी दुई मुद्दामा काठमाडौँ जिल्ला अदालतको विसं २०५९ असार २१ को फैसलाले दुई वर्ष कैद र रु दुई करोड ६२ लाख ३१ हजार ६६ र पैसा ७७ पैसा जरिवाना गरेको थियो ।

पोखरेलका नाममा घरेलु तथा साना उद्योग कार्यालय काठमाडौँमा दर्ता कायम भएको नैकापस्थित श्रीराम फिड इन्डस्ट्रिजका नाममा औद्योगिक कच्चा पदार्थ र कम्प्युटर पार्टस हङकङबाट आयात गर्नका लगि हिमालयन बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक विशाल बजार र भोटाहिटी शाखामा विभिन्न मितिमा प्रतीतपत्र खोली उल्लेख भए बमोजिम सामान पैठारी नगरेको, सामान पैठारी भएको देखाउन नक्कली पैठारीको कागजात खडा गरी सरकारी छाप दस्तखत किर्ते कसुर गर्नाका साथै २०५१ सालमा अमेरिकी डलर भुक्तानी लिई दुरुपयोग गरेको ठहर गर्दै सजाय सुनाइएको थियो ।

बढी मूल्यमा पेट्रोल बिक्री गर्ने पक्राउ

बढी मूल्यमा पेट्रोल बिक्री गर्ने पर्सा निर्मलबस्ती घर भई काठमाडौँ बस्ने २५ वर्षीया लक्ष्मी श्रेष्ठ (लामा)लाई आज प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ ठूलो भ¥याङमा अवैध रुपमा प्रतिलि रु २०० का दरले पेट्रोल बिक्री गरिरहेका अवस्थामा महानगरीय प्रहरी वृत्त स्वयम्भूको प्रहरीले पेट्रोल सहित उनलाई पक्राउ गरेको हो । रासस

SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. NN Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger