Latest Updates :

नेपालमा ६ लाख ऋण तिर्न नसक्दा विदेशीएका रामचन्द्र तिमल्सिना साउदी जेलमा फाँसीको सजाय कुर्दै

SHARE THIS POST :
काठमाडौँ, ७ साउन - साउदी अरबको अदालतले फैसला गरेको तीन लाख साउदी रियाल करिब ९० लाख रुपैयाँ ब्लड मनी तिर्न नसक्दा कुशादेवी २ का युवक १५ महिनादेखि त्यहाँको केन्द्रिय कारागारमा छन्।


हयालस्थित कारागारमा राखिएका रामचन्द्र तिमल्सिनाको परिवारले स्वदेश फर्काउन पहल गरिदिन आग्रह गरेको छ। उनले चलाएको ट्रकले २०७२ जेठ १० मा एक पाकिस्तानी चढेको कारलाई ठक्कर दिँदा एकको मृत्यु भएको थियो।

२०१६ अप्रिल २४ मा अदालतले ब्लड मनि तिर्नुपर्ने फैसला गरेको थियो। चार वर्षका छोरा आयुष र सात वर्षका निराजनले बाबा कहिले आउनुहुन्छ भन्दा पत्नी सरिता भक्कानिन्छिन्। उनी ६ लाख ऋण तिर्ण नसकेर विदेशिएका थिए। आजको कान्तिपुर दैनिकमा खबर छ।

SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. NN Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger