Latest Updates :

प्रशान्त तामाङलाई भारतीय प्रहरीले देश निकाला किन गर्यो त

SHARE THIS POST :
गायक एवं अभिनेता पूर्व इन्डियन आइडल प्रशान्त तामाङलाई भारतीय प्रहरीले अनुशासन कारवाही गर्दै सेवाबाट बर्खास्त गरेको छ ।कलकत्ता पुलिसमा जवान पदमा कार्यरत तामाङ इन्डियन आइडल भएपछि लामो समयसम्म बिदा बसेको कारण देखाउँदै उनलाई बर्खास्त गरिएको हो । एक बंगला दैनिकलाई उदृत गर्दै सिक्किमबाट प्रकाशित हाम्रो प्रजाशक्ति दैनिकले बिहीबारको अंकमा तामाङ सेवाबाट बर्खास्त भएको खवर छापेको छ । तामाङ सन् २००९ देखि २०१४ सम्म १ हजार ८ सय ७० दिन गयल भएको समाचारमा उल्लेख छ । पश्चिम बंगाल प्रहरीले गयल हुनुको कारण पेश गर्न गत जुन १३ तारिखमा सूचना प्रकाशित गरेको थियो । चित्तबुझ्दो कारण नदेखिएपछि तामाङलाई सेवाबाट बर्खास्त गरिएको हो । प्रशान्तका बाबु मदन तामाङ पनि पश्चिम बंगाल प्रहरीमा कार्यरत थिए । सेवामा रहेकै बखत निधन भएपछि छोराले प्रहरीमा भर्ति पाएका थिए । इन्डियन आइडल भएपछि तामाङ भारत, नेपाल तथा नेपालीभाषी समुदायका स्टेज कार्यक्रममा सहभागी हुन थालेका थिए भने उनले नेपालमा बिभिन्न फिल्ममा अभिनय पनि गरेका छन् । उनले अभिनय गरेको गोर्खापल्टन फिल्मले राम्रो सफलता पाएको थियो ।
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. NN Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger