Latest Updates :

कसरी प्राप्त हुन्छ महिलालाई चरम सन्तुष्टि? नियमित औंलामार्फत यौन क्रियाकलाप गर्दा कुनै नकारात्मक असर पर्छ कि पर्दैन? भिडियो सहित

SHARE THIS POST :
असार-२६, मानव यौन प्रतिक्रिया चक्र चारवटा चरण १. एक्साइटमेन्ट फेज, २. प्लाटो फेज ३. अर्गाज्म फेज र ४
. रिजोलुसन फेजबाट गुज्रन्छ । प्लाटो फेजमा भएको यौन Stimulation निरन्तर रूपमा बढाउँदै लान सके एउटा त्यस्तो बिन्दुमा पुगिन्छ जहाँ व्यक्ति यौन तनावबाट मुक्त हुन्छ । यसको अवधि निकै छोटो भए पनि मानव यौन जीवनमा त्यसको विशेष महत्व छ, किनभने यसैबेला नै मानिसले प्राप्त गर्न सक्ने सुख वा आनन्दहरूमध्ये सायद सर्वोत्कृष्ट सुखको अनुभव गर्छ ।
आधारभूत रूपमा महिला तथा पुरुषमा यौन प्रतिक्रिया चक्र उस्तै भए पनि केही कुरामा भने फरक पाइन्छ । कतिपय महिलालाई चरमसुखको चरणसम्म पुग्न पुरुषको भन्दा बढी सयम लाग्न सक्छ । यदि चरमसुखको चरणपछि पनि यौन स्टिमुलेसन निरन्तर रूपमा भैरह्यो भने कतिपय महिलाले एकपल्टभन्दा बढी चरमसुख प्राप्त गर्न सक्छन्, तर पुरुषहरूमा भने त्यस्तो हुँदैन । महिला तथा पुरुषबीचको सबैभन्दा महत्वपूर्ण फरक  Refractory Period हो । पुरुषलाई चरमसुख पाएपश्चात् केही समयका लागि यौन रूपमा उत्तेजित गर्न सकिंदैन ।

कसरी प्राप्त हुन्छ महिलालाई चरम सन्तुष्टि?

पुरुष र महिला दुवैको यौन संवेदनशील अंग यौनांग नै हुन्, तर यहाँ महिलाको यौनांगको फरकपनलाई पनि ध्यान दिनुपर्छ । महिलाको सबैभन्दा यौन संवेदनशील अंग ‘भगांकुर’ बाहिरतिरै हुन्छ । सामान्यत: पुरुष माथि र महिला तल रहेर गरिने लिंग–योनि मैथुनमा महिलाको भगांकुरको घर्षण राम्रोसँग हुन पाउँदैन । लिंग–योनि मैथुन गर्दा महिला माथितिर रहेर उनले आफूले चाहेजस्तो कटि प्रदेशलाई चलाउन सक्छिन् र त्यसो गर्दा केही भए पनि भगांकुरमा घर्षण गराउन सकिन्छ जसले महिलालाई यौनसुख प्राप्त गर्न सहज बनाउँछ । तपाईंलाई थाहै होला, हात वा औंला नै चलाएर पनि यौन चरमसुख प्राप्त गर्न सकिन्छ । यौन प्रसाधन जस्तै भाइब्रेटरको प्रयोग अर्को उपाय हो ।

भगांकुरको घर्षणबाहेक महिलाले योनिमा केही कुरा पसाएर घर्षण गराउनु अर्को उपाय हो । लिंगको गतिभन्दा यसरी योनिमा औंला वा अन्य कुनै लिंगाकार वस्तु पसाउँदा गतिलाई तीव्र बनाउन सकिन्छ, जसले महिलालाई यौनआनन्द प्राप्त गर्न सजिलो हुन्छ । औंला पसाउँदा आफूलाई आनन्द पाउने स्थान (योनिमा) खोज्न सकिन्छ जुन सामान्यत: योनिको अगाडितिरको भित्तामा केही भित्र प्यूविक हाड र पाठेघरको मुखको बीचतिर हुन्छ । महिलालाई यौन सुख दिने सन्दर्भमा भगांकुर वा योनिबाहेक पनि स्तन तथा अन्य यौन संवेदनशील अंगको मर्दन, घर्षण, अनि चलाउने जस्ता अनेक क्रियालापमा संलग्न हुनु लाभदायक हुन्छ ।त्यसबाहेक अन्य अनेक नयाँ प्रयोगहरू गर्न सकिन्छ । पुरुषहरूजस्तै महिलाहरू पनि यौन उत्तेजक दृश्य, स्पर्श अनि यहाँसम्म कि परिकल्पनाले समेत उत्तेजित हुन्छन् । यौन क्रियाकलापमा संलग्न हुँदा पाक्क्रीडामा संलग्न भए यौन उत्तेजना प्राप्त गर्न र चरमसुखसम्म पुग्न सजिलो हुन्छ । यसले यौनसम्पर्कमा संलग्न दुवै जनालाई यौन चरमसुख साथसाथै अर्थात् एकसाथ प्राप्त गर्न मद्दत पनि गर्छ ।
औंला पसाउँदा हानि गर्छ कि गर्दैन ?

एकपल्ट विचार गनुहोस् त, किन औंला प्रयोग गर्दा हानि गर्ला भन्ने सोच आएको ? यौनसम्पर्क गर्दा दिनहुँ लिंग पसाउँदा हानि गर्दैन भने औंला प्रयोग गर्दा किन र कसरी हानि हुन्छ ? औंला प्रयोग गर्दा हानि हुँदैन भन्ने कुरामा विश्वस्त हुनुहोस् ।

औंला प्रयोग गर्दा सरसफाइमा भने पर्याप्त ध्यान दिनुपर्छ । तपाईंलाई थाहै छ, हामीले हातले अनेक कुरा छुन्छौं जसमध्ये कतिपय कुरा जीवाणुयुक्त हुन सक्छन् । त्यसैले हात सफा हुनु जरुरी छ । औला प्रयोग गर्दा नङले चोट नलागोस् भन्ने कुरामा पनि ध्यान पुर्‍याउनुपर्छ ।

अर्को कुरा, लिंग पसाएका बेलाभन्दा औंला प्रयोग गर्दा यसको दबाब बढी र गति निकै तीव्र हुन सक्छ, जसले घर्षण तीव्र हुँदा योनिको भित्री छालामा चोट लाग्न सक्छ । त्यसैले योनिमा पर्याप्त मात्रामा रस आइसकेको हुनुपर्छ । तपाईंलाई थाहै छ, यौन उत्तेजना हुँदा स्वाभाविक रूपमा योनिबाट रस आउँछ । केही गरी पर्याप्त मात्रामा रस नआएको स्थिति भए अन्य कुनै चिप्लो पदार्थ प्रयोग गर्न बिर्सनु हुँदैन । - डा. राजेन्द्र भद्रा संगको कुराकानीमा आधारित(साप्ताहिक)


SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. NN Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger