Latest Updates :

म २१ बर्षकी अविबाहित हुँ … योनि…

SHARE THIS POST :
म २१ बर्षकी अविबाहित हुँ … योनि… म २१ बर्षकी भएँ । म अविबाहित मात्र होईन कुमारी नै छु । मेरो योनिमार्ग सा¥है चिलाउने गर्छ । कुनै कुनै बेला यसले निकै गाहो हुने गर्छ । अलिअलि सेतो पानी पनि बग्ने हुन्छ तर लाजको कारण कतै देखाएको छैन । मैले के गर्ने होला ?

उत्तर– योनीमार्ग अत्यधिक चिलाउने तथा सेतो पानी बग्ने कारण यानीमार्गको संक्रमणले गर्दा
हुन सक्छ । योनीमार्गको संक्रमण गराउने जीवाणुहरु धेरै हुने गर्छन तर धेरै चिलाउने कारण फन्जाईको संक्रमणले गर्दा हुन सक्छ । फन्जाई वा अन्य जीवाणुको संक्रमण पत्तालगाउन सेतो
पानीको परिक्ष्ँण महत्वपुर्ण मानिन्छ । यानीमार्गमा फन्जाई संक्रमण भएको अवस्थामा कोट्रिमाजोल
क्रिम तथा पेसरी लगाउनु पर्ने हुन सक्छ । चिकित्सकको सल्लाह बमोजिम खाने औषधिहरु पनि सेवन गर्नु पर्ने हुन सक्छ । यस्ता समस्याका लागि सरसफाईमा निकै ध्यान पु¥याउनु पर्छ र अण्डरगार्मेन्ट सफा र नरम प्रयोग गर्नु पर्ने हुन्छ । योनि संक्रमणबारे जानकारी

योनि संक्रमण भनेको के हो?

बच्चा जन्माउन सक्षम उमेरका महिलाहरूमा जननांग संक्रमण आम हो र यो योनि क्षेत्रमा क्याण्डिडा एल्बिकन्स नाम गरेको खमीर जस्तो ढुसी (फंगस) प्राकृतिक तवरमा बढ्नाले हुन्छ। सामान्य परिस्थितिमा, योनिमा कम्ती परिमाणको क्याण्डिडा सदैव रहन्छ। योनिको अम्लीय वातावरणमा कुनै परिवर्तन भयो भने,
क्याण्डिडा धेरै बढ्न सक्छ, र महिलाहरूमा योनि संक्रमण हुने धेरै सम्भावना हुन्छ।

योनि संक्रमणको लागि के उपचार आवश्यक छ?

बहुसंख्यक महिलामा कुनै लक्षण नै हुँदैनन्, त्यसैले उपचार आवश्यक छैन। कम्ती संख्यक महिलाहरूमा, भगमा चिलाउने सहित योनिबाट पहेँलो वा च्याटच्याटे पदार्थ निस्कने, योनि सुन्निने, वा यौनक्रिया गर्दा असजिलो महसूस हुने लक्षण हुन्छन्। गम्भीर मामिलामा, धेरै दुखाइका साथ भग, मूलाधार र काछ (काप) सुन्निने र त्यहाँ घाउ हुन्छ।
तपाईंमा योनि संक्रमणका संकेत र लक्षण देखिए भने, कृपया एक साधारण वाह्यरोगी क्लिनिक वा निजी डाक्टरबाट परामर्श लिनु होस्। परामर्शपछि, सठीक औषधिहरू जस्तै योनि पेशारि मिश्रण, स्थानीय मलहम वा खाने औषधिको लागि कृपया डाक्टरका निर्देशहरूको पालना गर्नु होस्। उपचारपछि यो फेरि बल्झिन सक्छ।
के तपाईंको साथीलाई कुनै उपचारको आवश्यकता छ? लक्षण नदेखिएका साथीको उपचार गर्नु पर्दछ भन्ने समर्थन गर्ने कुनै प्रमाण छैनन्। यदि तपाईंको साथीमा पनि एउटै समयमा लक्षण देखिन्छन् भने,
तपाईंहरू दुबैले परस्परलाई संक्रमित गराउने जोखिमलाई रोक्न उपचार गराउनु
पर्दछ।
यसमा जोखिमका के कारकहरू छन्?
पुरूष र महिलाका यौनांग क्षेत्रमा सामान्य परिमाणको खमीर रहनु आम कुरो हो तर यसलाई बढाउने धेरै कारकहरू हुन सक्छन्।

क्याण्डिडालाई बढाउने कारकहरू हुन सक्छन्:
तपाईं एण्टबायोटिक्स लिंदै हुनुहुन्छ।तपाईं गर्भवती हुनुहुन्छ। तपाईं मधुमेह मेलिटसबाट पीडित हुनुहुन्छ।
प्रतिरक्षण क्षमता घटाउने एक स्थिति, जस्तै ह्यूमन इम्यूनोडेफिसिएन्सी भाइरस (एचआईभी)संक्रमणले तपाईंको प्रतिरक्षण क्षमतालाई कमजोड पारेको छ। योनि संक्रमण विकसित हुने वा बल्झिने परिस्थितिमा निम्न सुझावहरूले मद्दत गर्न सक्छन्: निजी स्वच्छताको राम्रो ध्यान राख्नु। आफ्ना कट्टूहरू नियमित
धुनु। नाइलन वा धेरै कस्सिने अण्डरवियर नलगाउनु, बरू सुतीका प्याण्टीहरू लगाउनु।
 आफ्नो योनिलाई सफ्फा गर्दा एण्टिसेप्टिकको प्रयोग नगर्नु। यसले तपाईंको त्वचामा पोल्छ र त्यो ठाउँमा जीवाणुहरूले सजिलै संक्रमणफैलाउन सक्छन्। डूस (पखाल्ने) प्रयोग नगर्नु होला।
सुगन्धित स्यानिटेरी प्याड र इत्रयुक्त टयलेट पेपर प्रयोग नगर्नु होला। दिसा-पिसाब गरेपछि भगदेखि पछिसम्म पुछ्नु होला। यसले सामान्यतः तपाईंको
मलाशयमा जीवित रहने ब्याक्टीरियालाई योनिसम्म
जानबाट रोक्नमा मद्दत गर्न सक्छ।
डाक्टरको सहयोगमा
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. NN Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger