Latest Updates :

आफ्नो अनुहार छोप्दै अदालत पुगे नककली डा साबहरु ! हेर्नुस

SHARE THIS POST :
काठमाडौं – काठमाडौं जिल्ला अदालत परिसरमा आइतबार दिउँसो नेपाल प्रहरीको बस रोकियो । प्रायः अपराधीहरु लिएर अदालत पुग्ने प्रहरीको गाडीमा आज भने कुनै खुंखार अपराधी थिएनन् । त्यहाँ थिए,
भगवानकै अर्को रुप मानिएका डाक्टरहरु । अपरेसन क्वाक’ अन्तरगत पक्राउ गरिएका उनीहरुलाई आज म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको थियो । अदालत पुगेका डाक्टरहरु त्यहाँ पुगेका मिडियादेखि निकै सर्तक देखिन्थे । मिडियाले क्यामारा तेर्साउने बित्तिकै उनीहरुले अनुहार छोप्थे । कसैले हातैले मुख छोपे भने कसैले बोतलको साहारा लिएर मुख छोपे, कोहीले भने पहिलेनै मास्क लगाएर अदालत पुगेका थिए । अदालतले उनीहरुलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद थप गरेको छ ।
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. NN Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger