Latest Updates :

एक्लै ३० तालिवानी लडाकु सिध्याउने यी गोर्खाली – जसले बेलायती महारानीबाट पाए सम्मान

SHARE THIS POST :
उनले थाहा पाइसकेका थिए कि उनी चार दिशाबाट नै घेरिएका थिए । तर, उनले हार मानेनन् । त्यसरात त्यहाँ गोली तथा रकेट प्रोपेल्ड ग्रिनेड (आरपीजी) पडकिन थालिसकेको थियो । पुन तैनाथ रहेको चौकीलाई पूर्ण रुपमा ध्वस्त पार्न तालिवानी लडाकूहरुले यो हमला गरेका थिए ।
यसका बाबजुद पनि पुन डराएनन् । पूर्ण हिम्मतका साथ उनले आफ्नो मेसिनगन उठाए, ट्राइपड लगाए र धुँवादार गोली हानिरहे ।

पुनले तालिवानीहरुलाई श्वास लिने फुर्सद पनि दिएनन् । पहिलो १७ ग्रिनेडबाट पुनले हमला गरे । जब ग्रिनेड सकियो एसए ८० सर्विस राइफल उठाइ तालिवानीमाथि दनादन गोली हान्न थाले । यस पश्चात तालिवानी लडाकुहरु ल्याण्डमाइन फाल्न समेत डराए ।

घटनालाई सम्झदैं पुनले भने, ‘एउटा तालिवानी लडाकु गार्ड हाउसबाट सटे टावर चढ्ने कोशिश गरिरहेको थियो, तब मलाई जसरी पनि त्यसलाई जमिनमा गिराउनु थियो । मैले त्यस लडाकुलाई त्यहाँबाट हटाउन सफल भए । तर, त्यसै बखत मेरो हतियारले मलाई धोका दियो । गोली नै चलेन । मैले मेसिनगनको ट्राइपड उठाए र तालिवानीहरुको अनुहारमा ताक्दैं हाने । जसका कारण दुश्मन लडाकु जमिनमा ढले ।’

पुनले ती लडाकुहरुसँग तबसम्म लडे जबसम्म थप सेना उनको मद्धतका लागि चौकी पुगेका थिएनन् । जब एक थप सेना घटनास्थलमा पुगे पुनले ३० जना तालिवानी लडाकु मारिसकेका थिए । आज उनी त्यस दिनका शब्दलहरु सुनाइरहेका छन् । उनका आँखाले आधाभन्दा धेरै त कथाको तस्विर ब्यस्त गर्छन् ।

ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाले पुनको यो बहादुरीका लागि बकिंघम प्यालेसमा एक कार्यक्रममाझ उनलाई ‘कन्सपिक्युअस ग्यालेन्ट्री क्रस’ पुरस्कारबाट सम्मानित गरिन् ।

SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. NN Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger