Latest Updates :

२३ वर्षीय युवतीलाई नागैं पारेर गाउँ घुमाइयो

SHARE THIS POST :
पन्जाब । प्रेम गरेको आरोपमा पाकिस्तानकी २३ वर्षीय युवतीलाई नग्न बनाई गाउँ घुमाइएको छ । पन्जाब प्रान्तकी एक युवतीलाई परिवार र गाउँलेले सार्वजनिक रुपमा बेइज्जत गरेका हुन् । युवतीको पहिचान गोप्य राखिएको छ ।

कपाल मुण्डन र मोसो

गाउँ घुमाउनुअघि उनको कपाल मुण्डन गरी अनुहारभर कालोमोसो दलिएको थियो । युवतीको नग्न परेडमा उनका बुबाआमा पनि सहभागी भएका थिए । छोरीले प्रेम गरेर घरको बेइज्जत गरेको भन्दै उनलाई सार्वजनिक रुपमा अपहेलना गरिएको अभिभावकले बताए ।

पाकिस्तानको मुख्य सहर लाहोरबाट चारसय किलोमिटर उत्तरमा पर्ने उच सरिफ गाउँमा सो घटना भएको हो ।

घरबाट निकालियो

यसअघि प्रेम गरेका भन्दै परिवारले युवतीलाई घरबाट निकालेको थियो । एक सातासम्म छिमेकीको घरमा आश्रय लिएर उनी पुनः घर फर्किएकी थिइन् । तर परिवारबाट बहिष्कृत व्यक्ति पुनः घर फर्केको भन्दै उनलाई कालोमोसो दलिएको थियो । समाचार एजेन्सीलाई उद्घृत गर्दै नयाँ पत्रिका दैनिकमा समाचार छ ।
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. NN Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger