Latest Updates :

दुखद समाचार :एक हप्ताअघि मात्रै कुवेत गएका एक युवाको रहस्यमय मृत्यु

SHARE THIS POST :
रोजगारीका लागि खाडीमुलुक कुवेत पुगेका म्याग्दीका एक युवाको मृत्यु भएको छ । एक हप्ताअघि मात्रै नेपालबाट कुवेत गएका मुदी गाविस–९ बगरका २२ वर्षीय केशव तिलीजामगरको मृत्यु भएको हो ।पारिवारिक
स्रोतका अनुसार शनिबार राति खान खाएर सुतेका तिलीजाको सुतेकै अवस्थामा मृत्यु भएको हो । बिहान नउठेपछि उनीसँगै कुवेत पुगेका नेपालीले परिवारलाई निधन भएको खबर गरेका थिए । म्यानपावर कम्पनीमार्फत कानुनी प्रक्रिया पूरा गरेर कुवेत पुगेका तिलीजा कम्पनीमा काम सुरु गर्ने तयारीमा थिए । गरिबी, कमजोर पारिवारिक अवस्था, अस्थिरता र बेरोजगारीका कारण जीविकोपार्जनका लागि आर्थिक स्रोत जुटाउन विदेश गएका तिलीजाको पुगेको हप्ता दिन नपुग्दै निधन भएपछि परिवार र आफन्तजन शोकमा डुबेका छन् । शवलाई जतिसक्दो छिटो नेपाल ल्याउन पहल गरिदिन परिवारले कुवेतस्थित दूतावास, सम्बन्धित म्यानपावर कम्पनी र सरकारसँग आग्रह गरेका छन् । विवाहित तिलीजाका दुई सन्तान रहेका छन् ।
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. NN Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger