Latest Updates :

व्यस्त बजारमा बम विस्फोट, ३९ को मृत्यु, दर्जनौँ घाइते,ठूलो जनधनको क्षति

SHARE THIS POST :
बग्दाद, इराकको राजधानी सहर बग्दादमा इस्लामिक स्टेट समूहलले गरेको बम विस्फोटमा परी कम्तीमा पनि ३९ जनाको ज्यान गएको समाचार छ ।

मारिनेमा अधिकांश सर्वसाधारण परेका छन् । उनीहरूलाई आईएसका लडाकूले निशाना बनाएको समाचारमा उल्लेख छ ।मङ्गलबार अपराह्न सो विस्फोट भएको थियो । उक्त विस्फोटमा परी अरु दर्जनौँ व्यक्ति नराम्ररी घाइते भएका छन् । हत्याको जिम्मेवारी पनि आईएसले नै लिएको जनाइएको छ ।
राजधानीमा आईएसका लडाकूले व्यस्त बजारमा आफैमाथि बम विस्फोट गराएर आत्मघाती हमला गरेको जनाइएको छ ।

इराकको राजधानी र यसको नजिकका नगरहरूमा पछिल्लो समयमा हत्याको शृङ्खला बढेको छ । यसै हप्तामात्र बग्दाद र नजिकको क्षेत्रमा भएको बम हमलाहरूमा परी कम्तीमा पनि १४० जनाको ज्यान गइसकेको छ ।आत्मघाती हमलाकारी महिला रहेको इराकी प्रहरीले जानकारी दिएको छ । इराकमा पछिल्लो समयमा आईएसले हमला गर्ने गरेको छ ।

इराकमा पछिल्लो समयमा फेरि हिंसा भड्किएको छ । केही समययतादेखि त्यहाँ हिंसा थप भड्किएको समाचारमा जनाइएको छ ।

गत शनिबार पनि ट्रकबम विस्फोट गराई २४ को हत्या गरिएको समाचारमा जनाइएको थियो । त्यसमा परी अरु ३८ जना गम्भीर रूपमा घाइते भएका छन् ।

बग्दादको नहरवान क्षेत्रमा रहेको खाद्यान्न बजारमा नागरिक जम्मा भएको समयमा विस्फोटक पदार्थले भरिएको एक ट्रक लगेर ठोक्काइएको थियो ।

त्यस आक्रमणमा परी ठूलो जनधनको क्षति भएको बग्दादको गृहमन्त्रालयले जानकारी दिएको छ ।

उक्त मन्त्रालयले दिएको जानकारीअनुसार नागरिक किनमेलका लागि जम्मा भएको समयमा यसरी विस्फोटक पदार्थसहितको ट्रक लगेर विस्फोट गराइएको थियो ।

सन् २०१४ को जुन महिनादेखि इराकको उत्तरी र पश्चिमी क्षेत्रमा इस्लामिक स्टेटका लडाकूहरूले कब्जा जमाएपछि इराक पुनः एक पटक हिंसाको चपेटामा फसेको छ । रासस
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. NN Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger