Latest Updates :

सबैको सुरक्षा गर्ने सुरक्षाकर्मीले आफ्नै श्रीमतीलाई आत्महत्या गर्न बाध्य बनाए

SHARE THIS POST :
लोग्ने मान्छे, एउटी स्वास्नीको सुरक्षा पनि गर्न नसक्ने ? त्यसमा पनि सशस्त्र प्रहरी । बर्दीको दुरुपयोग गरी स्वास्नीलाई मर्न दवाब दिन्छ । पैसाको विटामा बिक्ने प्रहरी ।


 ” वौद्ध प्रहरी परिसरमा महिलाहरुले यस्तै आक्रोश ओकलिरहेका थिए । विहीवार मध्यान्ह वौद्ध प्रहरीले हत्याको जाहेरी दर्ता नलिदा स्थिति तनावपूर्ण बन्यो । स्थानीय वासिन्दा तथा मृतकका आफन्तहरुले दोषीउपर कडा कारवाहीको माग गरे र जाहेरी दर्ता गराएरै छाडे ।

 श्रीमतिको सुरक्षाागर्न नसक्ने, बरु आत्महत्या गर्नै पर्ने गरी मानसिक यातना दिने श्रीमानलाई हदै सम्मको कारवाहीको माग गर्दै स्थानीय वासिन्दा तथा जागरण महिलाका सदस्यहरु महिला हिंसाको अन्त्य तथा दोषीलाई कडा कारवाहीको माग गरिरहेका थिए महानगरी प्रहरी वृत्त वौद्धमा विहीवार ।

 श्रीमानले गालीगलौज तथा कुटपीट गरेको र मोवाइलमा सबै रेकर्ड सुनाइदिने भन्दै २४ वर्षीया शुक्र थापा भण्डारीले माइती गुहारिन् । गत मंगलवार विहानै छोरीको फोन आउदा माइतीहरुले सामान्य झैं ठानेर बसे । तर छोरी हराएको भन्दै खोजी गर्दै जाँदा रुखमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला प¥यो । तीन वर्ष अघि विवाह भएको छोरीको आत्महत्या रहस्मय भएको भन्दै आफन्तसहित स्थानीय वासिन्दा सशस्त्र प्रहरी जवान अनिल भण्डारी विरुद्ध जाहेरी दर्ता गर्न प्रहरी कार्यालयमा पुग्यो ।

 प्रहरीले जाहेर लिन नमानेको भन्दै कार्यलयअघि दिनभर नारावाजी गरिरहे । दाइजोको निहुँमा पटकपटक मानसिक यातना दिइरहेको भन्दै उनीहरुले आत्महत्या गर्नु पर्ने स्थितिमा पु¥याइएको उनीहरुको दावी थियो । सिन्धुपाल्चोक मुढेका स्थायी वासिन्दा भण्डारी कागेश्वरी मनहरा नगरपालिका ११ वालुवाखानीमा बस्दै आएका थिए ।

अनुहारमा नीलडाम रहेको, हराएकी छोरीको खोजी नगरिएको तथा आत्महत्या रहस्यमय भएको भन्दै स्थानीय वासिन्दाहरुले छानविन तथा दोषी उपर कारवाहीको माग गरेका छन् । राजधानीमै पनि दाइजोको वहानामा महिला हिंसा भैरहेको भन्दै अपराधीलाई प्रश्रय नदिन उनीहरुको माग थियो । प्रहरी प्रशासनले भने घटनाको अनुसन्धान भैरहेको जनाएको छ ।
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. NN Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger