Latest Updates :

पूर्वराजा ज्ञानेन्द्रको सुरक्षामा खटेको सशस्त्र प्रहरीले राखेको धराप यसरी समात्यो सेनाले

SHARE THIS POST :
काठमाडौँ ५ जेठ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्जभित्र रहेको सशस्त्र प्रहरी बलको ब्यारेक अगाडि वन्यजन्तु सिकारका लागि २१ वटा धराप थापेको पाइएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा दरबारमा खटेको सशस्त्र प्रहरीले राखेको धराप सेनाले फेला पारेर निकुन्जलाई बुझाएको हो ।
निकुन्जका रेन्जर लब गुरागाईँले शसस्त्र प्रहरीको भान्सा नजिकै ती धराप पाइएको पुष्टि गरे । उक्त ब्यारेकको नेतृत्व सशस्त्र प्रहरीका डिएसपीले गरेका छन् । सेनाको पेट्रोलिङ टोलीले ती धराप फेला पारेको हो । निकुञ्ज सुरक्षाको जिम्मेवारी नेपाली सेनाले लिएको छ भने त्यहीभित्र रहेको पूर्वराजाको निवासको सुरक्षा सशस्त्र प्रहरी बलले गरेको छ ।
सर्वसाधारणलाई उक्त स्थानमा जान असम्भवप्रायः छ । अन्य व्यक्तिहरु उक्त स्थानमा प्रवेश गर्न नसक्ने भएकाले उक्त धराप प्रहरीले नै थापेको स्रोतको दावी छ । तर सशस्त्र प्रहरीले भने धरापका विषयमा अनभिज्ञता प्रकट गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. NN Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger