Latest Updates :

भारतीय सेनाको हातहतियार डिपोमा आगलागी, हालसम्म दुई अधिकृतसहित १७ को मृत्यु

SHARE THIS POST :
जेष्ठ १८, २०७३- भारतको महाराष्ट्र राज्यस्थित पुलगाउँमा रहेको भारतीय सेनाको केन्द्रिय हातहतियार डिपोमा मंगलबार बिहान आगलागी हुँदा दुईजना सैन्य अधिकृतसहित कम्तिमा १७ जनाको मृत्यु भएको छ ।


त्यहाँका तैनाथ रहेका एक सैन्य अधिकृतका अनुसार आगलागीमा परी घाइते भएका मध्ये धेरैको अवस्था चिन्ताजनक छ ।

‘मुख्य आगलागी भएको स्थानको आगो नियन्त्रणमा आइसकेको र अहिले अवस्था सामान्य रहेको छ,’ उनले भने, ‘तर आगलागीका कारण अझै बिस्फोट हुने खतरा भने टरेको छैन ।’

प्रत्यक्षदर्शीका अनुसार त्यहाँ आगलागीपछि धेरैपटक बिस्फोटनका आवज सुनिएको थियो । उनीहरुका अनुसार आगलागी राति १:३० बजेतिर सुरु भएको थियो ।

आगलागी के कारणले भएको हो भन्ने बारे कुनै जानकारी बाहिर आएको छैन । आगलागीका कारण हताहत हुनेको संख्या भने बढ्न सक्ने बताइएको छ ।

SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. NN Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger