Latest Updates :

देउरानीले आफ्ना श्रीमानलाई जेठानीसँग रंगेहात फेला पारेपछि…

SHARE THIS POST :
मध्यप्रदेशको मुरैनामा एक महिलाको हत्या भएको छ ।विमा एजेन्ट तथा शिक्षिका हेमा बंसलको हत्या अवैध सम्बन्धका कारण भएको हो । हेमाको हत्या उनकै देउरानी मिराले गरेको खुलासा भएको छ ।
प्रहरी हिरासतमा रहेकी मिराले घटनाको पोल खोल्दै आफूले जेठानी हेमाको हत्या गरेको स्वीकार गरेकी हुन् ।

घटनाको अनुसन्धानमा संलग्न स्थानीय प्रहरीका अनुसार मिराले जेठानी हेमालाई आफ्ना श्रीमानसँग आपत्तिजनक (यौन सम्बन्ध राखिरहेको) अवस्थामा फेला पारेकी थिइन् ।

त्यसको तीन दिनपछि योजनाबद्ध रुपमा घरमा रहेको हतौडाले टाउकोमा प्रहार गरी हत्या गरिन् र हतौडालाई धोएर राखिन् । यो हतौडा प्रहरीले बरामद गरेको छ ।

भनिन्छ महिलाको सत्रु महिला नै हुन्छ । जून यो घटनाबाट प्रमाणित हुन्छ । मिराविरुद्ध ज्यान मुद्दामा कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।एजेन्सी ।
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. NN Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger