ट्राफिक जरिवाना बढाएकोमा चक्काजाम, निजी सवारी साधन भने सुचारु
जरिवाना बढाएको विरोधमा यातायत व्यवसायी र मजदुरहरुले उपत्यकामा सवारी साधन चलाएका छैनन् । बढाएको ट्राफिक जरिवाना संशोधन गर्नुपर्ने मागसहित उनीहरुले आज उपत्यकामा सवारी साधन ठप्प पारेका
हुन् ।उनीहरुको आन्दोलनका कारण उपत्यकामा सार्वजनिक यातायतका साधन संचालनमा नआयको छैन भने मोटरसाइकल र कार नीजि सवारि साधन सडकमा कुदिरहेका छन्।उनीहरुले यसअघि जेठ २ गते जरिवाना रसिदको अवज्ञा , जेठ १० गते देशव्यापी माइकिङ र पर्चा वितरण, ११ गते बसपार्कहरुमा विरोध सभा गरेका थिए। नयाँ ट्राफिक जरिवाना जेठ १ गतेबाट लागू भएको छ।
Post a Comment