Latest Updates :

रूपन्देहीका पोखरेलले गरे...आफ्नै श्रीमती र भाईको हत्या हेर्नुहोस....

SHARE THIS POST :
रूपन्देहीको दयानगरमा सोमबार राति दुई जनाको हत्या भएको छ। दयानगर ५ चिल्हियाका ५८ वर्षिय बलराम पोखरेलले आफ्नै श्रीमती र भाईको हत्या गरेको प्रहरीले जनाएको छ।


ईलाका प्रहरी कार्यालय छपियाका अनुसार बलरामले आफ्नै श्रीमती ४५ वर्षिय कृष्णा पोखरेल र भाई ४८ वर्षिय चन्द्रकान्त पोखरेलको हत्या गरेका हुन्।

बलरामले सोमबार राति सवा नौं बजे आफ्नै घरमा ईट्टा प्रहार गरी गम्भीर घाईते बनाएकोमा उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा दुवैजनाको राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

प्रहरीले तीनैजना मादक पदार्थ सेवन गरेको अवस्थामा फेला परेको जनाएको छ। मृतक चन्द्रकान्त बुटवल १४ तामनगरमा बस्दै आएको र घर निर्माणको क्रममा दयानगर गएको बताईएको छ। उनको श्रीमती बैदेशिक रोजगारको क्रममा मलेसियामा रहेको प्रहरीले जनाएको छ।

प्रहरीले हत्यामा संलग्न बलरामलाई नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरेको जनाएको छ।
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. NN Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger