Latest Updates :

बुद्ध जयन्तीकै दिन लहानमा रगतको खोलो बग्यो

SHARE THIS POST :
आज अहिंशा र शान्तीका प्रतिक गौतम बुद्धको जन्मजयन्ती । तर, आजकै दिन सिरहाको लहान नपा १७ स्थित राजदेवी पञ्चावती मन्दिरमा हजारौं पशुपंक्षीको बली दिइएको छ ।


मनोकांक्षा पुरा भएकाहरू हजारौं बोका तथा परेवा, हाँस लगायतका पशुपक्षीको बली चढाएपछि मन्दिर क्षेत्रमा रगतको खोलो बगेको हो। मन्दिर परिसर बिहानैदेखि रग्ताम्मे बनेको छ।

करिब १० हजार बोबाको बली चढि सकेको छ। अझै बली चढाउने क्रम जारी छ। साँझसम्म बढी चढ्ने मन्दिर संरक्षण समितिका सल्लाहकार तेजुलाल चौधरीले बताए। उनले भने, ‘गत वर्ष करिब १४ हजार बोकाको बली चढेको थियो भने यो वर्ष अन्दाजी १८/२० हजार बोकाको बली चढ्ने हाम्रो अनुमान छ।’

मन्दिरमा बली चढाउनेहरू बिहानैदेखि लाइनमा बसेका छन्। एउटा बोकाको बली चढाउन करिब ५ घन्टा लाइनमा बस्नु पर्छ। व्यवस्थापनका लागि स्वयंमसेवक, नेपाल तथा सशस्त्र प्रहरी सयौंको संख्यामा तैनाथ गरिएको छ।

भीड र चर्को घामका कारण पटक पटक भागदौड मच्चिएको छ। प्रहरीले भीड थाम्न नसक्दा लाठी समेत चार्च गर्नुपरेको छ।

बोका काट्न कम्तिमा १० जना खटेका छन् । उनीहरुलाई बोका काट्न भ्याइ नभ्याई छ।

मन्दिरका पुजारी लक्ष्मी बहादुर भट्टका अनुसार राजदेवी माताले वैशाख पूर्णिमाका दिन आफ्नो मन्दिरमा बलि चढाएमा सबैको फलिफाप हुने भनी सपनामा बताएपछि त्यहाँ वलिप्रथा सुरू भएको हो।

किन दिइन्छ बलि ?

करिब १२५ वर्ष अघिको कुरा हो । मन्दिर रहेको ठाउँमा जँगल र चरण क्षेत्र थियो । यहाँ स्थानीयबासी गाई चराउन जान्थे । चराउन लग्ने गाइहरु हराउन थाले । पछि गाउँका मानिसहरु त्रसित भए । धामीको रुपमा रहेका दिलाराम भट्टले त्यस ठाउँमा गई तन्त्र साधना गरेपछि राति सपनामा देवीले दिर्शन दिई पूर्णिमा अर्थात् बुद्ध जयन्तीको दिन बली चढाए समस्या टर्ने बताएका थिए । स्थानीयले देवीले सपनामा भनेअनुसार आजको दिन बली चढाउन थाले । समस्या टर्यो । ८–१० बर्ष अघिसम्म यो मन्दिर र राजदेवी माताको शक्तिबारे प्रचार प्रसार भएको थिएन् ।
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. NN Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger