Latest Updates :

कला हो सेक्स: किन हुन्छ यौन असन्तुष्टि ?

SHARE THIS POST :
भनिरहनु नपर्ला– सेक्स दुई देहको मिलनमात्र होइन, दुई मनको मिलन पनि हो। यो यस्तो कला हो, जसले जीवनलाई हरिलोभरिलो र रसिलो बनाउँछ। तर, यौनसम्बन्धी सामान्य जानकारीको अभाव र यससम्बन्धी भ्रमले जीवनलाई निरस र रुग्ण बनाइदिन सक्छन् ।
यौन असन्तुष्टिका कारण सम्बन्धहरू टुटेका छन् । यसकै कारण कुण्ठित र हीनभावले ग्रस्त भएर बाँच्नेहरू पनि छन्।
एक शिक्षक दम्पती ‘आफूहरूको जति निरस दाम्पत्य जीवन कसैको नहोला’ भन्ने सोच्न बाध्य छ। एक सन्तानका अभिभावक उनीहरू दुवैजना ३० वर्षका छन् । श्रीमान्–श्रीमती हरेक रात बेडमा पुग्यो कि तनाव सुरु भइहाल्छ । सम्बन्ध बिग्रनुको कारणबारे अवगत थिए उनीहरू– यौन असन्तुष्टि। यौन परामर्शका लागि छाला तथा यौन रोग विशेषज्ञ डा. हरिनारायण गुप्ताकहाँ पुगे उनीहरू। डा. गुप्ताले सोधपुछपछि थाहा पाइहाले, ‘यौन जीवन कसरी सुखद राख्ने भन्ने ज्ञान थिएन उनीहरूमा।
दिनभरि स्कुलमा थाकेर आएकी श्रीमती घरको कामले शिथिल भएर ओछ्यानमा पुग्थिन् । श्रीमान् भने सेक्सका लागि आतुर रहन्थे । ‘बाघले बाख्रा झम्टेजसरी कसरी मिल्छ यौनसुख ?’ डा. गुप्ताले भने, ‘दुवै जना मानसिक र शारीरिक रूपमा उत्तिकै सक्रिय नभए यौनसुखको कल्पनै गर्न सकिन्न ।’ उनका अनुसार सामान्य काउन्सिलिङकै भरमा यो जोडीको यौन जीवन अहिले सुखद छ । यसको एउटै रहस्य हो– ‘फोरप्ले’ । अर्थात्, सेक्सअघिको क्रीडा । ‘सुरुमा दिमागले चाहनुपर्छ सेक्स । अनि बल्ल अंगप्रत्यंग तयार हुन्छन् । त्यसका लागि सेक्सअघि पर्याप्त प्राक्क्रीडा हुनुपर्छ,’ डा. गुप्ता भन्छन्, ‘त्यसैले त सेक्सलाई ‘माइन्ड गेम’ भनिएको हो । यसका लागि पार्टनरको इच्छा बुझ्ने कला चाहिन्छ ।’ उनका अनुसार सेक्समा महिला र पुरुष दुवैको उत्तिकै सक्रियता चाहिन्छ। ‘तर, हाम्रो समाजमा पुरुषहरू सेक्स गरिरहेका हुँदैनन्, श्रीमतीको शरीरमात्र कब्जा गरिरहेका हुन्छन् ।’

सुखद यौन जीवनका लागि हरेक जोडीमा ‘सेक्स कला’ आवश्यक ठान्छन्, यौन परामर्शदाता डा. समन रूपाखेती । ‘धेरै पुरुषहरू हतारिएर सीधै सेक्समा उत्रिहाल्ने र चाँडै स्खलित भइहाल्ने समस्या छ,’ उनी भन्छन्, ‘उनीहरूलाई थाहा हुँदैन कि महिला मुडमा आउन केही समय लाग्छ ।’ त्यसका लागि जोडीबीच सञ्चार अभाव देख्छन् उनी । ‘एकले अर्कालाई नबुझ्ने हो भने त्यो सेक्स पीडादायक बन्न सक्छ,’ उनी सुझाउँछन्, ‘फोरप्लेसँगै पार्टनरको समस्या र चाहना बुझिदिनुपर्छ ।’
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. NN Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger