इलाका प्रहरी कार्यालय गरुडाका अनुसार राति करिब नौ बजेको समयमा महिलाको मुख थुनेर घर नजिकै उखु घारीमा बलात्कार गरिएको थियो । पीडित महिलाका श्रीमान वैदेशिक रोजगारीमा छन् । यसैबीच बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले कटहरिया–५ का २५ वर्षीय अजय साह र सोही गाविस ८ का ३० वर्षीय भुइल साहलाई पक्राउ गरेको छ ।
रौतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक सानुबाबु शिवाकोटीले आरोपीले घटनामा आफ्नो संलग्नता स्विकार गरिसकेको बताए । थपलियाका अनुसार उनीहरुविरुद्ध जबर्जस्ती करणी ऐनअन्तर्गत कारबाही अघि बढाउने तयारी भएको छ । भिडियो हेर्न तलको बक्समा क्लिक' गरि हेर्नुहोला ...
Post a Comment