Latest Updates :

लाङटाङमा फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना

SHARE THIS POST :
४ चैत, काठमाडौं । राहत सामाग्री पुर्‍याएर फर्कने क्रममा फिस्टेल एयरको हेलिकोप्टर रुसुवाको लाङटाङमा दुर्घटना भएको छ ।

स्वीडेनका निकोलस पाइलट रहेको हेलिकोप्टर धुन्चेबाट राहत सामाग्री बोकेर लाङटाङ भिलेज गएको थियो । सामाग्री छाडेर उड्ने क्रममा अपराहृन ३ः३० मा हेलिकोप्टर दुर्घटनामा परेको हो ।
रोटरमा समस्यामा आएपछि हेलिकोप्टर पल्टिएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले अनलाइनखबरलाई बताए अनुसार कुनै मानवीय क्षति भने भएको छैन ।हेलिकोप्टरमा पाइलट निकोलस मात्र थिए । उद्दारका लागि अहिले काठमाडौंबाट फिस्टेलकै अर्को हेलिकोप्टर गएको छ । अपरेशन डाइरेक्टर आशिष शेरचनको नेतृत्वमा चार जना गएका हुन् ।
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. NN Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger