Latest Updates :

फेसबुकबाटै यसरी हुँदैछ सेक्स व्यापार

SHARE THIS POST :
भारतका सोशल साइटमा रहेका भारतीय युवतीका तस्बिरहरू पोर्न साइटहरू छ्यासछ्यास्ती देखिन थालेका छन् । ती युवतीहरूमध्ये ४० प्रतिशत युवती अपराधको शिकार भएका छन् । मेट टुडेको समाचारअनुसार इन्डियन इथिकल ह्याकर्स ग्रुपले फेसबुकको प्रोफाइल चोरेर तस्बिर पोर्नसाइटहरूलाई बिक्री गर्ने अभियान नै थालेको छ ।

यो ग्रुपले राम्रा युवतीहरूका तस्बिर चोरेर पोर्न साइटका लागि पठाउने गरेको आरोप छ । केरल साइबर वारियर्स ग्रुपको १५ एथिकल ह्याकर्सको समूहले २८ डिसेम्बरदेखि अहिलेसम्म ७० फेसबुक प्रोफाइल्सलाई ह्याक गरेको स्थानीय प्रहरीले जनाएको छ । ती युवतीका तस्बिरहरू पोर्नसाइटमा पठाइएका छन् । एथिकल ह्याकर्सको यो समूहले युवतीहरूलाई सेक्सका लागि तयार पार्ने र व्यवसायमा लगाउने गरेका कतिपय पेजहरूलाई पनि ह्याक गर्ने गरेका छन् ।
केही व्यक्तिले फेसबुक पेज बनाएर च्याटमार्फत सेक्सका लागि युवतीहरूलाई फसाउने काम पनि गर्ने गरेका छन् । ती पेजहरूलाई पनि एथिकल ह्याकर्सले ह्याक गरेर तस्बिरहरूपनि पोर्न साइटमा पठाउने गरेका छन् । युवतीहरूका तस्बिर एल्वमबाट चोरी गरेर फोटोकपी गरिन्छ ।
त्यसपछि युवतीहरूको फोटो नै एल्वमबाट डिलिट गर्ने गरेको समाचारमा उल्लेख छ । युवतीहरूका तस्बिरमा केही फेरबदल गरेर पोर्नसाइटमा राख्ने गरिएको छ । ह्याकर्स ग्रुपले ब्रेकअप भएको जोडीलाई निशाना बनाइ पैसा समेत असुल्ने गरेका छन् ।
युवतीका पोर्न साइटलाई मात्रै बेच्ने गरिएको छैन । ताकि ती तस्बिरहरूमार्फत यवतीहरूसँग ब्ल्याकमेलिङसमेत गर्नेको तथ्याङ्क सार्वजनिक भएको छ ।
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. NN Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger